१५ चैत्र २०८०, बिहीबार
Follow Us

महामन्त्री शशांकको प्रस्तावपछि सभापति देउवाको जवाफ आउने

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०७५, शनिबार ०५:२६

काठमाडौं । हिजो स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पुनः बस्दै छ । आजको बैठकमा महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी प्रतिवेशन प्रस्ताव पेश गर्ने जनाइएको छ । सरकारलाई हेर्ने दृष्टिकोणदेखि महासमिति बैठकको मिति तयसम्मका विषयलाई महामन्त्रीले प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्। उनका अनुसार, मित्रराष्ट्रका कुरा, सरकारलाई कांग्रेसले हेर्ने दृष्टिकोण र अरु दलसँग कसरी प्रस्तुत हुने भन्ने एजेन्डामाथि महामन्त्रीले धारणा राख्नेछन् ।

शशांकको प्रस्तावपछि सभापति शेरबहादुर देउवाले बैठकको समीक्षा अवधिभर उठेका सवालको जवाफ दिने तयारी गरेका छन्। पार्टीको शीर्ष नेतृत्वमा रहेका देउवाविरूद्ध अनेक प्रश्न बैठकमा उठेका छन् । महामन्त्री कोइरालाको प्रस्ताव प्रतिवेदनलार्इ अन्तिम रुप दिन ढिलाइ भएकै कारणले हिजोको बैठक स्थगित भएको थियो।

सभापति देउवाकै कारण निर्वाचनमा कांग्रेसले हार व्यहोरेको अधिकांश केन्द्रीय सदस्यको आरोप छ। देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुँदा पनि कांग्रेसको लज्जास्पद हार भएकोले यसको जिम्मा सभापतिले नै लिनुपर्ने उनीहरूको आरोप छ। साथै युवा नेताहरूले चाँडै महासमितिको बैठक डाक्न र विशेष महाधिवेशन बोलाउन समेत माग गरिएको छ ।