१२ बैशाख २०८१, बुधबार
Follow Us

लन्डनमा मुक्त महक लोकार्पण

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०७५, शनिबार १५:२७

लन्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले मुक्तक महक लोकार्पण गरेको छ । शनिबार लन्डनमा आयोजित कार्यक्रममा राज श्रेष्ठले स्वागत मन्तव्य राखेपछि कार्यक्रम औपचारिक सुरु भएको थियो । मुक्तक संग्रह लोकार्पण कार्यक्रममा सहभागी कविहरुले आ–आफ्नो रचना पाठ गरेका थिए । उक्त मुक्तक संग्रहमा १८ जना कविको २० वटा मुक्तक समावेश गरिएको छ ।

कार्यक्रममा सुमाल गुरुङ, रुपक श्रेष्ठ, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, कवि वासु शर्मा, विनोद अधिकारी र रामशरण सिम्खडालगायत कविहरुको सहभागिता थियो । संस्थाका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लन्डनको प्रतिनिधिका रुपमा भूपेन्द्र घिमिरे सहभागी थिए भने कार्यक्रम सञ्चालन नृपेश उपे्रतीले गरेका थिए ।