१५ चैत्र २०८०, बिहीबार
Follow Us

पाँच रुपैयाँ दिएर बालिकालाई बलात्कार

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार ०६:०६

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ पिठुवामा पाँच बर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ॐ ईट्टा भट्टामा शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका राजकुमार तामाङलाई बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बलात्कृत बालिकाको आमा सोही ईटा भट्टामा काम गर्दछन् । उनीहरु दाङबाट यहाँ आएर काम गरेका हुन् । ईट्टा भट्टामा काम गर्ने आमासँग बस्दै आएकी बालिकालाई तामाङले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

पाँच रुपैयाँ दिएर बालिकालाई ललाई फकाई गरी करणी गरेको प्रारम्भिक रुपमा खुलेको खतिवडाले बताउनुभयो । बालिकालाई करणी गर्दै गरेको अवस्थामा सोही भट्टामा काम गर्ने अन्य कामदारले देखेपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।