५ बैशाख २०८१, बुधबार
Follow Us

यातायात व्यवसायीद्धारा यातायात कार्यालय घेराउ

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार १०:४८

काठमाडौं । यातायात समितिहरु खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले मुलुभरका यातायात कार्यालय घेराउ गरेको छ । देशभर रहेका करिब ४ सय समितिहरु खारेजीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले आईतबार मुलुभरका यातायात कार्यालय घेराउ गरेका हुन् ।

ललितपुरको एकान्तकुना कार्यालय घेराउ गर्न पुगेका उनीहरुले सरकारको निर्णय फिर्ता लिन दवाव दिदै यातायात कार्यालय प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् । यातायात क्षेत्रलाई व्यवस्थित गर्ने नाममा सरकारले आफुहरुको रोजीरोटीका साथै अर्बौको लगानी डुव्ने अवस्थामा पुगेको उनीहरुको भनाई छ । यातायात व्यवसायी महासंघ ३ नम्बर प्रदेशका प्रमुख धर्मराज रिमालले आफुहरुले कुनै सिण्डिकेट खडा नगरेको भन्दै सरकारले आफुहरुमाथि अन्याय गरेको आरोप लगाए ।

महासंघले बैंशाख २१ गते गाडी ग्यारेजमा थन्क्याउने, २७ गतेदेखि नेपालभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु ग्यारेजमा थन्क्याउने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले भने सवारी साधन नचलाए जफत गरि आफै सञ्चालन गर्ने चेतावनी दिएको छ ।