४ बैशाख २०८१, मंगलवार
Follow Us

ट्रम्प र किमबीच सिंगापुरमा भेटवार्ता हुने

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार १०:५२

लन्डन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘तीन अथवा चार हप्ताभित्र’ कोरियाली प्रायद्वीपको निश्शस्त्रीकरणबारे उत्तर कोरियाली नेतृत्वसँग आफूले वार्ता गर्ने बताएका छन् । ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनसँगको कुराकानीपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन । मिशिगनमा आयोजित एउटा -र्यालीलाई सम्वोधन गर्दै ट्रम्पले किमसँगको आफ्नो भेटवार्ताको समय र स्थानबारे तय भइरहेको पनि बताए ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प र किमबीच सिंगापुर वा मंगोलियामा भेटवार्ता हुने सम्भावना छ । यद्यपि त्यसको पुष्टि भैसकेको छैन । यसअघि शनिवार ट्रम्पले किमसँगको आफ्नो भेटवार्तामा एउटा सहमति गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको बताएका थिए । ट्रम्पले दुई कोरियाबीचको शुक्रवारको शिखर बैठक सफल भए पनि आफूले उत्तर कोरियामाथि अधिकतम दबाब जारी राख्ने बताउदै आएका छन् ।