७ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तरष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार १४:५४

भैरहवा । लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्विकार गर्ने लगायत दश बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन आइतबार सकिएको छ । सम्मेलनले लुम्बिनी गुरु योजनालाई शान्ति र मानवताको विश्वकेन्द्रको रुपमा पुरा गर्ने प्रतिबद्धता पनि गरेको छ ।

सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको उद्गमथलो भएको बताए । हिंसा विरुद्धको वाटोमा लाग्न बुद्ध र बुद्धदर्शनले महत्वपुर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको भनाइ छ ।

सम्मेलनले विश्वभरका बौद्ध समुदायलाई एकिकृत गर्ने, लुम्बिनीमा शान्ति र द्धन्द्धको निरुपणका लागि अन्र्तराष्ट्रिय केन्द्र स्थापना गर्ने घोषणा सम्मेलनले गरेको छ ।

त्यस्तै लुम्बिनीका पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाको व्यवस्थापन गर्ने र कपिलबस्तु, देवदह र रामग्रामलाई बुद्ध सर्किटमा समेटेर एकिकृत बृहत लुम्बिनी गुरु योजना निर्माण गर्ने विषयपनि घोषणापत्रमा समेटिएका छन् । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपाल सहित २३ देशका प्रतिनिधिहरु सहभागी थिए ।