६ बैशाख २०८१, बिहीबार
Follow Us

तिमल्सिना एनआरएनको केन्द्रीय नीति तथा योजना समिति

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७५, आईतवार २२:२३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निति निमार्ण सम्बन्धि एक उच्चस्तरिय समितिमा समाज सेवी तथा सफल व्यवसायी कृष्ण तिमल्सेना मनोनित भएका छन् ।

समितिका संयोजक तथा संघका महासचिव बद्री केसीको संयोजकत्वमा गठित समितिमा वेलायतको तर्फबाट तिमल्सेना मात्र परेका हुन् । यसअघि उनलाई संघको लगानी सम्बन्धि समितिको समेत जिम्मेवारी दिएको थियो ।

समितिको सल्लाहकारमा पूर्वअध्यक्ष जीवा लामिछाने, डा. हेमराज शर्मा, डा. गणेश गुरुगं, कुलचन्द्र गौतम र नरेश कोइराला छन् ।

संघको अल्पकालिन तथा दिर्घकालीन योजना तर्जुमा गर्ने सो महत्वपूर्ण समितिको रुपमा मानिन्छ ।