११ बैशाख २०८१, मंगलवार
Follow Us

माइक्रो दुर्घटनामा ११ जना घाइते

sarusaru
१७ बैशाख २०७५, सोमबार ०४:३२

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९१६ नम्बरको माइक्रोबस सोमबार बिहान दुर्घटना दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीले दुर्घटनाको पुष्टि गर्दै केहीको अवस्था गम्भीर रहेको जनाएको छ । यद्यपि, कतिजनाको अवस्था गम्भीर छ भन्नेबारे खुलेको छैन ।

प्रहरीका अनुसार घाइतेकाे उद्धार गरेर धरान, विराटनगर, इटहरी लाने तयारी भइरहेको छ ।

माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।