१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल बैंकले एफपिओ जारी गर्ने

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७५, सोमबार ०५:२३

काठमाडौं । नेपाल बैंक लिमिटेडले बिक्री गर्न लागेको एफपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ । नेपाल बैंकले १ करोड, ७६ लाख, ८४ हजार, ८ सय ५८ कित्ता थप सार्वजनिक एफपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ ।

एफपीओको मूल्य नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा तोकिने बैकले जनाएको छ । नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर रहेको नेपाल बैंकको चुक्तापजी ८ अर्ब ४ करोड छ । बैकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ भने बैंकको संचालन मुनाफा ३ अर्ब १२ करोड छ ।

५४ जिल्लामा १ सय ३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटीएममार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पु¥याइरहेको बैंकले जनाएको छ ।  नेपाल बैंकले गएको चैत मसान्तसम्म ९० अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।