६ बैशाख २०८१, बिहीबार
Follow Us

काबुल विस्फोटमा ६ सञ्चारकर्मीसहित कम्तिमा २५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७५, सोमबार ११:१५

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाति आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । कावुलको शश दारक क्षेत्रमा भएको बिस्फोटमा ४५ जना घाइते भएका छन् ।

पहिलो विस्फोटमा घाइते भएकाहरुको उद्धार भैरहदा अर्को विस्फोट भएको प्रत्क्ष्यदर्शीले जानकारी दिएका छन् । मृत्यु हुनेमा छ जना पत्रकार रहेका छन् । पहिलो बिस्फोट भएको बीस मिनेटपछि दोस्रो विस्फोट भएको थियो ।

दोस्रो पटकको विस्फोटमा आकस्मिक उद्धारकर्मी र पत्रकारलाई निशानामा पारिएको बताइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । विस्फोट कुन समुहले गराएको हो खुलेको छैन । अफगानस्तानको सेनाले भने तालिवानले विस्फोट गराएको हुनसक्ने अनुमान गरेको छ ।