१३ बैशाख २०८१, बिहीबार
Follow Us

सेनाले माग्यो १ सय ५० अधिकृत क्याडेट

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७३, बुधबार ०६:५९

काठमाडौं । नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त अधिकृत क्याडेट पदमा भर्ना आह्वान गरिएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बुधबार भर्नाका लागि एक विज्ञापन आह्वान गर्दै रिक्तपदमा समावेशी तथा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने उल्लेख गरेको छ ।

इच्छुक उम्मेद्वारले आगामी असोज १३ गतेभित्र तोकिएको भर्ना केन्द्रमा गएर फाराम बुझाउन सक्नेछन् ।श्री भर्ना छनोट निर्देशनालय, भद्रकालीका साथै पूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिम पृतना हेर्डक्वाटरलाई भर्ना केन्द्र तोकिएको छ ।