१३ बैशाख २०८१, बिहीबार
Follow Us

शरणार्थी विवादमा बेलायतकी गृहमन्त्रीको राजीनामा

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७५, सोमबार ११:१७

लन्डन । बेलायतकी गृहमन्त्री एम्बर रडले राजीनामा दिएकी छन् । क्यारेबियन क्षेत्रका शरणार्थीलाई सरकारले गरेको व्यवहारलाई लिएर आलोचना बढिरहेको बेला उनको राजिनामा आएको हो । राजिनामापछि रडले बेलायतवाट बाहिर निकाल्नुपर्ने क्यारेबियन शरणार्थीबारे आफूले ‘भुलवस सांसदहरूलाई सहि जानकारी नदिएको’ बताएकी छन् ।

यसअघि गृहमन्त्री रडले क्यारेबियाली शरणार्थीलाई बाहिर निकाल्ने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी थिइन् । तर पछि बेलायतवाट फिर्ता पठाउने शरणार्थीको संख्या उनी आफैले निर्धारण गरेको खुलेको थियो ।

पूर्वऊर्जामन्त्री रहेकी रडले आफ्नो २१ महिने कार्यकालमा शरणार्थीलाई बाहिर निकाल्ने लगायतका महत्वपूर्ण निर्णय गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो । रडको राजीनामाले टेरिजा मे सरकारलाई अफ्ठयारो पर्ने अनुमान गरिएको छ ।

रड प्रधानमन्त्री मेको उत्तराधिकारी हुन सक्ने अनुमान गरिएको थियो । तर उनको राजीनामाले प्रधानमन्त्री मे लाई मन्त्रिपरिषद्मा आफ्नो पक्षमा राजनीतिक सन्तुलन कायम गर्न कठिन हुन सक्ने देखिएको छ ।