१५ बैशाख २०८१, शनिबार
Follow Us

पिरती आफै हुँदो रहेछ

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७५, सोमबार १२:२७

सुनिता घिमिरे, महिला अध्यक्ष, नेपाल टेड युनियन कांगे्रस, प्रदेश–१

क्रान्तिकारी स्वभावकी सुनिता घिमिरेलाई विराटनगरमा अलराउन्डर भनिँदो रहेछ । राजनीति, समाजसेवा र शिक्षण पेसामा आबद्ध घिमिरे कुनै समय खेलाडी थिइन् । गायन क्षेत्रमा पनि उनको लगाव त्यत्तिकै छ । साहित्य लेखन, मोडलिङलगायत हरेक क्षेत्रमा उनको उपस्थिति भेटिन्छ । राष्ट्रियताले ओतप्रोत गीत लेखनमा पनि उनको रुचि त्यत्तिकै छ । १ नम्बर प्रदेशबाट टे«ड युनियन नेताका रूपमा उदाउँदै गरेकी घिमिरेसँग कुमार राउतले गरेको कुराकानी :

० तपाईं ट्रेड युनियन नेता ?
– पेसाकर्मी, मजदुर, गृहिणी, श्रमिक तथा शिक्षकहरू समेटेर बनाइएको नेपाल टे«ड युनियन कांगे्रस प्रदेश नम्बर १ की महिला अध्यक्ष हुँ । पेसाले म शिक्षक हुँ । विशेषतः कान सुन्न नसक्ने र बोल्न नसक्ने विद्यार्थीलाई अध्यापन गराउँछु ।

० कति विद्यार्थी अध्ययन गर्छन् ?
– मैले पढाउने जनता नमुना माध्यमिक विद्यालय हो । यहाँ होस्टलमा ४० जना बस्छन् र घरबाट २२–२५ जना आउँछन् । कान नसुन्ने र बोल्न जान्नेलाई एकै ठाउँमा राखेर पढाउनुपर्छ । त्यसकारण सांकेतिक भाषाले मात्र पढाएर हुँदैन ।

० यो क्षेत्रमा लाग्न के कुराले पे्ररणा दियो ?
– माइतीको छिमेकमा एउटा मास्तिष्क पक्षघात भएको बच्चा जन्मियो । यस्ता बच्चालाई सेवा गर्ने संस्था भेटिएन । त्यस्ता बच्चाका लागि केही गर्नुपर्छ भन्ने लाग्यो । एकजना विदेशी महिलासँग मिलेर समुदायमा आधारित पुनस्र्थापना संस्था खोलेर २०४८ सालदेखि त्यस्ता बच्चालाई पढाउन थालेकी हुँ । त्यस्ता बच्चा पढ्नमा एकदमै ट्यालेन्ट हुन्छन् ।

० तपाईं पढाउने कि राजनीति गर्ने ?
– पेसालाई लथालिंग बनाएर राजनीति गरेकी छैन । पढाउने, राजनीति र पेसालाई प्यारालाल ढंगले अघि बढाइरहेकी छु ।

० पेसाकर्मीले राजनीति किन गर्नुप¥यो ?
– पेसामा पनि धेरै समस्या छ, विशेष गरी महिलाको समस्यालाई उजागर गर्नुपर्छ । संविधान, ऐन कानुन र विधानहरू छन् । ती विधानका धारा उपधारा केलाएर बुझ्ने र आफ्नो अधिकार खोज्ने महिलाहरू एकदमै थोरै छन् ।

० के गर्नु भो अहिलेसम्म ?
– टे«ड युनियन कांगे्रसको भर्खरै सम्पन्न अधिवेशनले मलाई १ नम्बर प्रदेशको संयोजक बनाएको छ । अहिले समस्या पहिल्याउने काम भएको छ, म आफ्नो जिम्मेवारी पूरा गर्न तयार छु ।

० टे«ड युनियन कांगे्रसको केन्द्रीय अधिवेशन हुन सकेको छैन नि ?
– मिति तोकिएर पनि फेरि सरेको छ । सानातिना विवादले केही पछि धकेलिएको होला, तर छिट्टै अधिवेशनको मिति तय हुन्छ भन्ने कुरामा म ढुक्क छु ।

० कसलाई अध्यक्ष बनाउँदै हुनुहुन्छ ?
– चर्चामा तीनजनाको नाम आएको छ । वर्तमान अध्यक्ष खिला दाहाल, पुष्कर आचार्य र रमा पौडेलको नाम अध्यक्षमा उठ्ने चर्चा छ ।

० कसलाई अध्यक्ष बनाउँदा उपयुक्त हुन्छ ?
– पार्टीले निर्णय गर्ने हो, यद्यपि पुष्कर आचार्य र रमामध्ये एकजनालाई पार्टीले टिकट दियो भने न्याय हुन्छ भन्ने मलाई लाग्छ । वर्तमान अध्यक्ष दाहाल टेस्ट भइसके, उनको कार्यकालको मूल्यांकन पार्टीले गर्नुपर्छ ।

० तपाईं कुन पदको आकांक्षी ?
– त्यस्तो ठूलो महत्वाकांक्षा राखेकी छैन । अहिले प्रदेशका महिलाको नेतृत्वमा छु, काम गर्दै जान्छु, पार्टीले मेरो कामको मूल्यांकन गरेर नेतृत्व दिन्छ भन्ने विश्वास मलाई छ ।

० कांगे्रसको भ्रातृसंस्थामा विवाद बढी हुन्छ ?
– टे«ड युनियन कांगे्रस कांगे्रसको भ्रातृ होइन, शुभेच्छुक संस्था हो । शुभेच्छुक संस्थामा अहिलेसम्म पार्टीले हस्तक्षेप गरेको छैन, गर्नु पनि हुँदैन ।

० विवाद र कांगे्रस पर्यायजस्तो लाग्दैन ?
– नेपाली कांगे्रस मासबेस पार्टी हो, विवाद हुन्छ, त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्छ । पछिल्लो समय पार्टीभित्र दण्डहीनता र अनुशासन कमजोर बन्दै गएको महसुस आमकार्यकर्ताले गरेका छन् ।

० किन त्यस्तो भएको होला ?
– घरमुलीले लत्तो छाडे, त्यो घरको अवस्था कस्तो हुन्छ ? सबैलाई थाहा भएकै हो । तर हरेस खानुपर्दैन, अबको अधिवेशनले सबै फोहोरमैला डसबिनमा हाल्नेछ ।

० अहिलेको नेतृत्व कमजोर भयो भन्न खोज्नुभएको हो ?
– पार्टीभित्र गुट–उपगुट मौलाएको छ, केही त्रुटिहरू भएको होला । पार्टीभित्र समस्या भएर होला निर्वाचनमा पराजय भोग्नु परेको हो ।

० तपाईं कहिलेदेखि कांगे्रस ?
– जब होस सम्हाले, त्यसबेलादेखि आफूलाई कांगे्रसमा पाउँछु । हाम्रो समुदायमा सबै कांगे्रस मात्र छन् । ०४६ सालको आन्दोलनमा १५ वर्षको थिएँ, मेरो विवाह भइसकेको थियो, नालामा लुकेर आन्दोलन हेथ्र्यौं, प्रहरीले पक्रेर लैजानेहरू ठूला मान्छे हुँदा रहेछन् भन्ने लाग्थ्यो ।

० १५ वर्षमै विवाह गर्नुपर्ने के बाध्यता आइलाग्यो ?
– असितकुमार घिमिरेसँग माया बसेको थियो । घरमा बुबाको राणा शासन प्रवृत्ति थियो । मेरो विवाह गर्ने निधो गर्नुभएछ । अनेक अनुनय विनय गर्दा पनि मेरो विवाह गरेरै छाड्ने भएपछि मायालुसँग भागें ।

० सानैमा लभ परेछ नि ?
– मभन्दा तीन ब्याज सिनियर हुनुहुन्थ्यो, हाम्रो घर नजिकै थियो, लुकामारी खेल्दाखेल्दै माया बसेछ ।

० के देखेर मन पराउनुभयो ?
– पिरती आफै हुँदो रहेछ ।

० भागेर कहाँ जानुभयो ?
– उहाँका साथीको सहयोगमा दुहवीको नहरै नहर भागियो, हिँड्दा खुट्टा रगतपच्छे भएका थिए । धरान पुगेर नाइट बस चढेर काठमाडौं पुगियो । ससुराका साथी बद्री मण्डल थिए, उनकै सहयोगमा काठमाडौंबाट फर्काइयो ।

० विराटनगर फर्केपछि ?
– वास्तविक प्रेमको संघर्ष त त्यहाँ भयो । काठमाडौंबाट विराटनगर आइपुगेपछि हामीलाई छुटाइयो । ६ महिनासम्म भेट गर्न दिइएन । तर हाम्रो मायाको अघि समाज झुक्न बाध्य भयो, त्यसपछि हाम्रो विवाह गर्दिनुभयो ।

० विवाहपछि सहज भयो जीवन ?
– सेन्टअप मात्र दिएको थिएँ, पेटमा बच्चा थियो । श्रीमान्को जागिर थिएन । त्यसपछि सुरु भयो जीवनको संघर्षका कथाहरू ।

० के गर्नुभयो ?
– श्रीमान्को सहयोगमा पढ्न थालें, एसएलसी पास गरें । त्यसपछि पढ्न सकिनँ । एसएलसी पास गरेको २५ वर्षपछि ११ र १२ कक्षा पास गरें । त्यसपछि स्नातक सके । अहिले स्नातकोत्तरको परीक्षा दिँदैछु ।

० बुढेसकालमा किन पढ्नु प¥यो भन्ने लागेन ?
– हरेक पाइलामा त्यसको आवश्यकता महसुस भयो । त्यो आवश्यकता पूरा गर्ने अठोट लिएँ । महिलामा दैवी शक्ति हुन्छ, त्यो दैवी शक्तिलाई सुषुप्त राख्यो भने केही गर्न सकिँदैन, त्यसलाई जगाउन सक्यो भने आफूले लिएको अठोट पूरा गर्न सकिँदो रहेछ ।