१२ बैशाख २०८१, बुधबार
Follow Us

बुद्ध जयन्ती समारोहमा सहभागी हुन एनआरएन युकेको आव्हान

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७५, सोमबार १७:२२

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बुद्ध जयन्ती समारोहमा सहभागी हुन आह्वान गरेको छ । अध्यक्ष योगकुमार फगामी र महासचिव आर.के. त्रिपाठीले एक अपिल प्रकाशिन गर्दै एनआरएन सदस्यहरु, बेलायतस्थित सम्पुर्ण संघसंस्थाका प्रतिनिधि सदस्य एवं बेलायतबासी नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् ।

मे ५ का दिन बुद्ध फाउन्डेसन युकेले गैर आवासीय नेपाली संघको सहयोगमा लण्डनको ट्रफालगर स्क्वाएरमा बुद्ध जयन्ती मनाउने कार्यक्रम तय गरेको छ । अपिलमा बुद्ध जयन्तीको अवसरमा सम्पुर्ण महानुभावहरुको उन्नति, प्रगति, प्रेम, सदभाव र शान्तिको लागि गैरआवासीय नेपाली संघ यूकेले कामना गरिएको छ ।