७ बैशाख २०८१, शुक्रबार
Follow Us

करेन्ट लागेर एकको मृत्यु

sarusaru
१८ बैशाख २०७५, मंगलवार ०५:१६

सुरुङ्गा, झापा- झापाको भद्रपुर नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर–१ निवासी ५२ वर्षीय बलकुमार तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ उनलाई करेन्ट लागेको थियो । किचकबध सहकारी संस्थाले खोलेको किचकबध दूध डेरीमा दूध बेच्न लगेका तामाङलाई चिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

घाइते तामाङलाई भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस