७ बैशाख २०८१, शुक्रबार
Follow Us

पदाधिकारी नियुक्ति एकलौटी भए मान्य हुँदैन : डा रिजाल

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७५, मंगलवार ०९:०९

बुटवल । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य डा रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । काँग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उहाँले भन्नुभयो, “एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ ।”