१२ बैशाख २०८१, बुधबार
Follow Us

समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छ : महासंघ

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७५, मंगलवार ०९:४७

काठमाडौ । कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो तुल टाँगेको छ । विश्वभर १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले कालो तुल टाँगेको हो । नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दवाव दिन आन्दोलनमा उत्रनाको विकल्प नरहेको महासचिव विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “श्रमजीवीको हकहितका लागि महासंघले कसैसँग सम्झौता गर्दैन, परी आए सञ्चार संस्थामा तालाबन्दी गरिन्छ ।” विगतमा सञ्चार संस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बहानामा बन्द गर्न पाइन्न भन्ने रहे पनि अहिले सूचना पाउने अन्य धेरै माध्यम भएकाले तत्काल माग पूरा गर्न व्यवस्थापन तयार नभए वा महासंघको आन्दोलनलाई फितलो ठानिए तालाबन्दीसम्म गर्न पछि नपर्ने उहाँले बताउनुभयो ।”