११ बैशाख २०८१, मंगलवार
Follow Us

छोरीको इज्जत बाउको नाकमा

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७३, बुधबार ०७:४०

आदर्श पिताबाट दीक्षित भएपछि सरिता वन शिक्षण पेसामा लाग्नुभयो । पारिवारिक जीवन सुखद नभएपछि उहाँका संघर्षका दिन सुरु भए । राजनीति र पारिवारिक द्वन्द्वका बीच उहाँले मानसिक तनावको सामना गर्नुप¥यो । डिपे्रसनमा गइसकेको जीवनलाई नेपाली कांगे्रसको राजनीतिले नयाँ मोड दियो । उहाँको परिवारिक जीवन र नेपाली कांगे्रसको राजनीतिबारे कुमार राउतले गरेको कुराकानी :

० नेपाली कांगे्रसमा कसरी आबद्ध हुनुभो ?
– बुबा शिक्षक हुनुको साथै प्रजातन्त्रपे्रमी पनि हुनुहुन्थ्यो । उहाँकै पे्ररणाले म पनि विद्यार्थी जीवनमा नेविसंघबाट नेपाली कांगे्रसमा आबद्ध हुँदै गएँ । ०३२ सालतिर सिक्किम छोड आन्दोलनदेखि सबै किसिमको आन्दोलन र विद्रोहमा सहभागी हुँदै आएँ ।

० बुबा राजनीतिमा संलग्न हुनुभएन ?
– उहाँ प्रजातन्त्रमा आस्था राख्ने शिक्षक हुनुहुन्थ्यो । उहाँले विद्यालयमा मात्र होइन, घर र समाजमा पनि असल शिक्षा दिनुभएको थियो । सबैलाई समान व्यवहार गर्ने उहाँको व्यवहारबाट हामी धेरै प्रभावित थियौं ।

० पार्टीको कुन पदसम्म पुग्नुभयो ?
– कलेज पढ्दा शिक्षक थिएँ, शिक्षकले नेविसंघको राजनीति गर्न पाइँदैन थियो । म पिकेमा पढ्दा मीना पाण्डे सभापति हुनुहुन्थ्यो । शिक्षक जागिर छाडेपछि जिल्ला महिला संघमा आबद्ध भएँ ।

० कति पढाउनु भो स्कुल ?
– त्यति धेरै समय पढाउन पाइनँ । एसएलसी दिएपछि पढाउन थालेकी हुँ । सात वर्षजति पढाएँ होला, त्यसपछि विवाह भयो, परिवारिक झमेलामा पर्न थालेपछि पढाउन छाडें । पछि आर्थिक संकट परेपछि पुनः निजी विद्यालय पढाएँ ।

० राजनीति गर्न पढाउन छोड्नु भएको हो ?
– राजनीतिक आस्थाका कारण पढाउन जाने वातावरण भएन । मेरो राजनीतिक आस्थालाई टार्गेट गरियो । परिवारबाट सपोर्ट पनि भएन, स्कुल छोड्नुपर्ने वातावरण बन्न थाल्यो । त्यसपछि मैले स्कुल त्याग्नुको विकल्प रहेन ।

० स्कुल छाडेपछि ?
– राजनीति गर्न समाजमा घुलमिल हुनुप¥यो । म पनि गैरसरकारी संस्थामार्फत समाजसेवामा लागें । वीर अस्पताल सञ्जीवनी संघमा आबद्ध भएँ । मानवअधिकार संगठन, उपभोक्ता मञ्चलगायत विभिन्न संघ÷संस्थामा आबद्ध भएर समाजसेवामा क्रियाशील रहें ।

० पारिवारिक जीवन ?
– स्कुल अध्यापन गराउँदा नै विवाह भयो । एउटा छोरा र दुई छोरी छन् । छोरो यो संसारमा रहेन । छोरीको राम्रै बन्दोबस्त छ । अन्तर्जातीय विवाह गरेकाले परिवारमा जहिले द्वन्द्व मात्र भइरह्यो ।

० पे्रम विवाह गर्नुभो ?
– व्यक्तिगत कुरा मैले अहिलेसम्म कसैसँग सेयर गरेकी छैन । अन्तर्जातीय विवाह भएपछि पे्रम विवाह नै भन्नुपर्ला । तर त्यो पे्रम विवाह थिएन, एउटा दुर्घटना थियो । अध्ययन र क्यारियर निर्माणका लागि परिवारबाट कहिले सहयोग पाइनँ ।

० हिंसा पनि सहनुप-यो कि ?
– भौतिक यातना सहनु परेन, तर मानसिक यातना धेरै पाइयो । घरबाट बाहिर ननिस्कयोस्, पढ्ने लेख्ने होइन, घरधन्दामा सीमित हुनुपर्ने परिवारको चाहनाविपरित मैले विद्रोह गरें । सन्तानलाई सफल बनाएँ, त्यसैमा सन्तुष्ट छु ।

० कस्तो विद्रोह गर्नुभो ?
– अध्ययन अध्यापनमा रुचि अहिले पनि राख्छु, पिएचडी गर्ने इच्छा अहिले पनि मरेको छैन । तर अनपढ परिवारमा पुगेछु, जहिले पारिवारिक द्वन्द्वमा जीवन बिताउनुप¥यो । स्नातक तहमा भर्ना हुनसमेत बुबाको सहयोग लिनुप-यो ।

० द्वन्द्व गरेर किन बस्नुप-यो ?
– छोरी भनेको माइतीको इज्जत हुन् भन्ने मेरो बुबाको मान्यता थियो । छोरीको इज्जत नाकको टुप्पोमा हुन्छ भन्नुहुन्थ्यो बुबा । बुबाकै इज्जतका लागि जिन्दगीलाई आहूति दिएँ । शिक्षाको कदर नहुँदा द्वन्द्व भएको मेरो परिवारलाई सुधार्ने धेरै प्रयास गरेँ, तर सम्भव भएन ।

० कस्तो परिवार थियो ?
– रुढीवादीमा रुमलिएको नेवार समुदायको संयुक्त परिवार हो । परिवारमा २०–२५ जना थियौं, त्यसमध्ये पढेको र अन्तर्जातीय विवाह गर्ने ममात्र थिएँ ।

० किन विवाह गर्नुभयो त त्यस्तो परिवारमा ?
– अन्तर्जातीय विवाहको विरोधी हुँदाहुँदै मैले विवाह गर्नुपरेको थियो । मेरो विवाह एउटा दुर्घटनाजस्तै थियो । मान्छेको भाग्य न हो, जीवन आफूले सोचेजस्तो कहाँ हुँदोरहेछ र !

० त्यस्तो अवस्थामा कसरी जीवन चलाउनुभो ?
– मेरो ०३९ सालमा विवाह भएको हो । विवाहपछि विस्तारै डिपे्रसन हुन थाल्यो । ‘ए दुनियाँ, ए मेहफिल मेरे काम कि नही’ जस्तो लाग्न थाल्यो । खर्च चलाउन निजी स्कुल पढाउन थालें । ०४६ सालपछि कांगे्रसले जनआन्दोलनको घोषणा ग¥यो, त्यसपछि आन्दोलनमा सक्रिय हुन थालेपछि विस्तारै जीवनले नयाँ मोड लिन थाल्यो ।

० त्यसपछि ?
– खुमबहादुर खड्का यातायातमन्त्री भएका बेला सडक विभागमा केही समय जागिर पनि खाएँ । हामी राजनीतिक नियुक्ति पाएका व्यक्ति काम नगरी तलब खान्थ्यौं, तर दिनभरि काम गर्नेहरू हाम्रोभन्दा थोरै तलब पाउँथे, राज्यको त्यस्तो पैसा खायो भने पाप लाग्छ भनेर त्यो जागिर पनि छाडिदिएँ । त्यसपछि एउटा गैरसरकारी संस्था खोलेर काम गर्न थालेँ ।

० के काम गथ्र्यो तपाईंको एनजीओले ?
– महिलासम्बन्धी काम गरेका थियौं । महिलाको चेतना अभिवृद्धि र सीप विकासको क्षेत्रमा हामीले धेरै काम ग¥यौं । महिलामा नेतृत्व विकास र क्षमता अभिवृद्धि गराउन सकियो भने धेरै राम्रो हुने रहेछ भन्ने मेरो अनुभव छ । ०५८ सालमा म महिला मन्त्रालयमा थिएँ । त्यहाँबाट दुर्गम क्षेत्रको महिलालाई आत्मनिर्भर बनाउने काममा आफ्नो क्षमताले भ्याएसम्मको काम गरें ।

० कांगे्रसले चाहिँ के दियो ?
– कुनै पद पाउँला, मन्त्री बनौंला भनेर म कांगे्रस समर्थक भएकी होइन । गरिब र निमुखा जनताको सहारा नेपाली कांगे्रस हुन्छ भनेर मैले त्यो पार्टी रोजेकी हुँ । तर नातावाद, कृपावादले पार्टीको आदर्श नेताहरूले पोलेर खाइदिए । पुराना र त्यागी नेता कार्यकर्ता पाखा लागेको अवस्था अहिले छ । यस्तै भइरहने हो भने कांगे्रसको भविष्य संकटमा पर्न सक्छ ।

० पार्टीले पुराना नेताको मूल्यांकन गरेन भन्न खोज्नुभएको हो ?
– हो, कांगे्रसका लागि रगत पसिना बगाउनेहरूलाई पार्टीले वास्ता गरेको छैन । सबै कार्यकर्ताको मूल्यांकन पार्टीले गर्नुपर्छ । भागबन्डा खोज्दै गुटउपगुट खडा गरेर पार्टीलाई ध्वस्त बनाउनु हुँदैन । जुन आदर्श र उद्देश्यका लागि पार्टी स्थापना भएको हो, त्यसलाई अगाडि बढाउने दायित्व नेतृत्वको हो ।

० नेपाली कांगे्रसको भविष्य ?
– भागबन्डा गरेर बाँडिचुँडी खाने हो भने नेपाली कांगे्रसको भोलिको भविष्य के हुन्छ ? यसै भन्न सकिन्न । पार्टीको उद्देश्य र आदर्शबाट पार्टी विचलित हुनुहुँदैन । यो देशको मुहार फेर्ने एक मात्र राजनीतिक दल भनेको नेपाली कांगे्रस हो ।