१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रियाल च्याम्पियन्स लिगको फाइनलमा

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०७५, बुधबार ०४:५५

म्युनिख । करिम बेन्जेमाले दुई गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २–२ को बराबरीमा रोक्दै समग्रमा ४–३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो ।

खेलमा रियलले पहिलो गोल खाएको थियो । टोली सम्हालिन नपाउँदै तेस्रो मिनेटमा बायर्नका जोसुआ किमिचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर करीम बेन्जेमाले ११ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा बेन्जेमाले नै रियललाई अग्रता दिलाए । तर १५ मिनेटपछि बायर्नको लागि रियलका पूर्व खेलाडी हामेस रोड्रिग्वेजले खेल २–२ को स्थितिमा ल्याए ।

बायर्नले अन्तिम २० मिनेट आक्रमणमा खेलाडी थपेपनि केलर नाभासलाई गोल गर्न सकेन । गोल रक्षक नाभासले लगातार उत्कृष्ट बचाउ गर्दै रियललाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेले । पहिलो लेगमा २–१ को हार बेहोरेको बायर्न सेमिफाइनलबाट बाहिरियो । रियलले लगातार तेस्रो उपाधिका लागि रोमा र लिभरपुलको विजेतासँग खेल्नेछ । लिभरपुल पहिलो लेगमा ५–२ ले अगाडी छ ।