६ बैशाख २०८१, बिहीबार
Follow Us

एकता प्रकृया : दुवै दलमा आन्तरिक छलफल तिब्र

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०७५, बुधबार १०:४५

काठमाडौं । पार्टी एकता प्रक्रिया अन्योल देखिएपछि एमाले र माओवादी केन्द्रले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । पार्टी एकताबारे ठोस धारणा बनाउन एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा साँझ बोलाइएको बैठकमा अहिलेसम्मका प्रगति र समस्याका बारेमा छलफल हुने बताइएको छ । गतिरोध अन्त्य गर्न आवस्यक निर्णय लिन सक्ने एमाले नेताले जानकारी दिएका छन् । यस्तै माओवादी केन्द्रले आफ्नो सचिवालय बैठक बोलाएको छ ।

बैठकमा पार्टी एकता प्रक्रियामा लचकता र अडानका बारेमा छलफल केन्द्रित रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । भोलि दुवै पार्टीका अध्यक्षबीच छलफल गर्ने तयारी छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच यसअघि पटक–पटक भएका छलफलले निकास निकाल्न सकेको छैन ।