१३ बैशाख २०८१, बिहीबार
Follow Us

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०७५, बुधबार १५:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।