१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति रनिङ शिल्डमा बुधबार दुई खेल सम्पन्न

sarusaru
२० बैशाख २०७५, बिहीबार ०४:१५

बागलुङ– जिल्ला सदरमुकाम बागलुङ बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत बुधबार दुई खेल मात्रै भएका छन् । अन्तिम चरमा रहेको प्रतियोगिमा बुधबार कवड्डी र भलिबल खेल खेलाईएको थियो । प्रतियोगिता अन्र्तगत कवड्डी छात्रतर्फको खेलमा विद्यामन्दिर माबि प्रथम भएको छभने युएस एकेडेमी द्धितिय र फ्युचर ब्राईटर तेस्रो भएको जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
कवडी छात्रातर्फ चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल प्रथम, अमर आदर्श आवासीय माबि द्धितिय र रुद्रेपिपल माबि तृतिय भएका छन् । त्यस्तै बुधबारनै भएको छात्रा भलिबल खेलको उपाधि कालिका कन्या माविले जितेको छ । अमर आदर्श आवासिय माविलाई पराजित गर्दै कालिकाले भलिवलको उपाधि जितेको हो । पाँच समुह सहभागी रहेको प्रतियोगितामा अमर आदर्श आवासीय मावि दोस्रो भएको छ । छात्र भलिबल तर्फका रुद्रेपिपल मावि बुधबार नै फाईनल प्रबेश गरेको छभने अमर आदर्श र बिद्यामन्दिरका बीचमा बिहिबार सेमीफाईनल चरणको खेल हुने र शुक्रबारनै फाईनल चरणको खेल सम्पन्न गरिने जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
ढोरपाटन दैनिक