१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कौरामा ‘झिल्के भेना’

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७५, बिहीबार १५:१४

काठमाडौं । ‘झिल्के भेना’ अर्थात मिठो कौरा । गायक दुर्गा गुरूङ, गायिका टिका पुन, केशु गुरुङ ‘केशमाया’ र तेजेन्द्र दुराको मिठो स्वरले सजिएको ‘झिल्के भेना’ सार्वजनिक भएको छ । गुरुङ कला–संस्कृति तथा लोकपहिचान बोकेको यस कौरालाई दर्शक तथा श्रोताले रुचाएका छन् । केही दिनअघि रिलिज गरिएको यस गीतको भिडियोलाई केही फरक ‘कन्सेप्ट’मा निर्माण गरिएको छ ।

लाहुरे भेष ‘कम्ब्याड’मा झिल्के भेना गाउँघर आउँदा सालीहरुले जिस्काउँने गरेको मनोभाव भिडियोमा छ । गाउँघरतिर अहिले पनि सालीले भेनालाई जिस्काउने चलन छ । ‘झिल्के भेना’ले गुरुङ संस्कृति एवं संस्कारलाई टपक्क टिपेको छ, जसले गर्दा गीतसँगै भिडियो चाँडै लोकप्रिय बनेको निर्माणपक्षको भनाइ छ । कौरा गुरुङ समुदायको विशेष गीत हो, जसले उनीहरुको कला, संस्कृति र रहन–सहन झल्काउँछ ।

रेवत रानामगर र रेशम गुरूङद्धारा निर्मित यस कौरा गीतलाई रेशम गुरूङले लेखेका हुन् । रेवतकै लय रहेको ‘झिल्के भेना’को भिडियोलाई राजु गुरूङ ‘डिडी’ले निर्देशन गरेका हुन् । पर्सन गुरुङले कोरियोग्राफी गरेको यस भिडियोमा दुर्गा गुरुङ, केशु गुरुङ, आनन गुरुङलगायतले अभिनय गरेका छन् । यी गायक÷गायिकाले जति मिठो कौरा गाएका छन् । उतिकै सुन्दर अभिनय पनि गरेका छन् । अजय रेग्मीले यस भिडियोलाई खिचेका हुन् भने सम्पादन विष्णुहरी तिमिल्सिनाले गरेका हुन् ।