७ बैशाख २०८१, शुक्रबार
Follow Us

युगान्डामा एक नेपाली युवाले गरे आत्महत्या

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७५, बिहीबार २२:५१

कम्पला, (युगान्डा): अफ्रिकी मुलुक युगान्डामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । स्याङ्जाको कुवाकोट-३, अन्धिघाटका ४० वर्षीय चिरञ्जीवी पङ्गेनीले म‌ंगलरबा आत्महत्या गरेका हुन् ।

गैर आवासीय नेपाली स‌ंघ युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार शव पोस्टमार्टमका लागि आफन्तको स्वीकृति आइसकेको छैन । घटनाबारे युगान्डा प्रहरीले आबश्यक जाँचबुझ गरिरहेको जनाइएको छ ।