१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डन बार्नेटको काउन्सिलरमा लक्ष्य गुरुङ विजयी

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७५, शुक्रबार ०७:५०

लण्डन । बेलायतमा बिहिबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन् ।

लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका हुन्। गुरुङले ३००७ मत प्राप्त गरे । सोही वार्डमा सबै कन्जरभेटिभ पार्टीले विजयी हासिल गरेको छ ।

नेपालमा पुख्र्यौली घर कास्कीका गुरुङ १३ वर्षदेखि बेलायत बस्दै आएका छन्। बेलायतको बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका उनी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको पूर्व उपसंयोजक हुन्। उनलाई केही समय अघि मात्रै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रय समन्वय परिषदले गोर्खा सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको थियो।