१२ बैशाख २०८१, बुधबार
Follow Us

वेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार बनेकी माबोलाई १४७ मत

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७५, शुक्रबार ०८:०८

लन्डन । वेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार बनेकी एकजना नेपाली पराजित भएकी छन । विहीबार भएको स्थानीय निर्वाचनमा काउन्सिलर पदमा लीला सेलीङ्ग माबोले १४७ मत मात्र प्राप्त गरिन् । उनीले लेबर पार्टीको प्रतिनिधित्व गर्दे हार्ट डिस्टीक काउन्सिलको निर्वाचनमा व्लायकवाटर एण्ड हवलो क्षेत्रमा उम्मेदवारी दिएकी थिइन् । सो क्षेत्रमा लिभरल डेमोक्रयाटका डेरेज आलेक्सले ११८६ मत प्राप्त गरि विजयी भए । यस्तै इलिंग काउन्सिलको होबेइन वडामा कञ्जरभेटिभ पार्टीको तर्फबाट उमेद्वार बनेका सुरेन्द्र ढुंगानाले १००९ मत प्राप्त गरि लेवरका उमेद्वार सँग पराजित भए |