१३ बैशाख २०८१, बिहीबार
Follow Us

छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०७५, शुक्रबार ०८:२७

सुर्खेत । सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् ।

गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् । प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहवरमा छलफल गर्दा अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु भन्दै प्लाष्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय बड्डीचौरमा मिलापत्रको छलफलका क्रममा दिसा खुवाएपछि सलामीले प्रहरीमा उजुरी दिएको र त्यसैको आधारमा थापालाई पक्राउ गरिएको चतुर्वेदीले बताउनुभयो । प्रहरी कार्यालयमा दिसा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

बड्डीचौर प्रहरीले चौकीमै दिसा खुवाएपछि विवाद बढ्दा थापा र सलामीको पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको थियो ।