१३ बैशाख २०८१, बिहीबार
Follow Us

निधि उपसभापति, खड्का महामहामन्त्री र महत सहमहामन्त्रीमा नियुक्त

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०७५, शुक्रबार १५:०४

काठमाडौं । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले केन्द्रीय पदाधिकारी नियुक्ति गरेका छन् । सभापति देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र डा. प्रकाशशरण महतलाई सहमहामन्त्रीमा नियुक्ति गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरुको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पदाधिकारी नियुक्त गरेको हो ।

नेपाली कांगे्रस पार्टी मुख्यसचिव कृणप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको वैठकमा नेपाली कांग्रेसको विधान २०१७ ९ संशोधित र परिमार्जित को धारा २१ (घ) तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम १२ (१) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको उपसभापतिको पदमा विमलेन्द्र निधि, महामन्त्रीको पदमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीको पदमा डा. प्रकाशशरण महतलाई चयन गर्नका लागि सभापतिले राख्नु भएको प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकबाट पारित भयो ।