१३ बैशाख २०८१, बिहीबार
Follow Us

हन्स्लो काउन्सिलमा पुनः विष्णु गुरुङ विजयी

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७५, शुक्रबार १७:४९

लण्डन । काउन्सिलर विष्णुबहादुर गुरुङ दोस्रो पटक काउन्सिलर निर्वाचित भएका छन् ।

विहिबार सम्पन्न निर्वाचनमा लण्डनको हन्स्लो काउन्सिलको हानवर्थ वडाबाट गुरुङ विजयी भएका हुन् ।

लेबर पार्टीका तर्फबाट उम्मेदवार बनेका गुरुङले १ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।

गुरुङले आफ्नो जित सवै वेलायतवासी नेपाली समुदाय लगायत आममतदाताको समेत जित भएको वताउँदै क्वालिटी अफ लाइफ, रोड, हाउनिङ र स्थानीय स्कुलहरुको सुधारलगायतको काम प्रमुख प्राथामिकतामा राखेर काम गर्ने बताए ।

भूपू गोर्खा गुरुङ यसपटक दोस्रो कार्यकालका लागि काउन्सिलर निर्वाचित भए । सन् २०१४ मा पहिलोपटक काउन्सिलर निर्वाचित गुरुङ त्यसको एक वर्षपछि डेपुटी मेयर बनेका थिए ।

गोर्खा नेप्लिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष उनी पनि भूपू गोर्खा हुन् ।