१३ बैशाख २०८१, बिहीबार
Follow Us

ब्राइटनले आउँदो सिजन पनि प्रिमियर लिग खेल्ने पक्का

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७५, शनिबार ०५:२७

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग एक शुन्यले पराजित भएको छ । जीतसँगै ब्राइटनले आउँदो सिजन पनि प्रिमियर लिग खेल्ने पक्का भएको छ । म्यानचेस्टर युनाइटेडले उपाधि विजेता म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रोसले गोल गरे । खेलको ५७ औँ मिनेटमा पास्कलले गोल गरेका हुन ।
ब्राइटनले सन् १९ सय ८३ पछि यो सिजन पहिलो पटक प्रिमियर लिग फुटबल खेलिरहेको छ । गएरातिको जीतसँगै आउँदो सिजन पनि खेल्ने पक्का भएको हो । लिगमा अब उसले म्यानचेस्टर सिटी र लिभरपुलसँग खेल्न बाँकी छ । जितपछि ११औँ स्थानमा उक्लिएको ब्राइटनको ४० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७७ अंक छ ।