१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गाउँ–गाउँमा स्थानीय सरकार बनाउनुपर्छ : पौडेल

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७३, बुधबार १५:०२

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ–गाउँमा स्थानीय सरकार बनाउनुपर्ने धारणा राखेका छन् । संघीयता भनेकै जनताले स्थानीय तहबाटै शासन गर्ने व्यवस्था भएको भन्दै उनले स्थानीय सरकार धेरै बनाउनुपर्ने धारणा राखे ।

तीजको अवसरमा बुधबार आफ्नै निवासमा कांग्रेसका महिला केन्द्रीय सदस्य तथा महिला संसादहरुका लागि शुभकामना कार्यक्रम आयोजना गर्दै पौडेलले आरोप–प्रत्यारोपमा उत्रनुभन्दा पनि स्थानीय तह पुनर्संरचनामा आएका समस्यालाई मिलेर समाधान गर्नुपर्ने बताए ।

संविधान कार्यन्वयनका लागि कम समयभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले जतिसक्दो चाँडो संविधान संशोधन गरी सबैलाई निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने बताए ।