७ बैशाख २०८१, शुक्रबार
Follow Us

यातायात ब्यवसायीको आन्दोलन फिर्ता, बस सेवा सुचारु

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७५, शनिबार ०५:३६

काठमाडौं । सरकारले यातायात समिति खारेज गरेको विरोधमा शुक्रबार बस नचलाएका ब्यवसायीले आजवाट सेवा सूचारु गरेका छन् । सरकारले ब्यवसायीको एकाधिकारविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका हुन ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ती प्रकाशित गरि आजबाट देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् । महासंघले यातायात क्षेत्रमा देखिएको समस्याको वार्तामार्फत स्थायी समाधान खोज्न सरकारसँग माग समेत गरेको छ ।

विज्ञप्तीमा आन्दोलनका क्रममा पक्राउ परेका महासचिव सरोज सिटौला, कोषाध्यक्ष डम्बर पन्तसहितका पदाधिकारी, व्यवसायी, मजदुर र कर्मचारीलाई विनाशर्त रिहा गर्न पनि महासंघले माग गरेको छ । सरकारले चालु आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा आएका समिति खारेज गर्ने निर्णय गरेपछि यातायात व्यवसायी आन्दोलित छन् ।

सरकारको निर्णयबाट असार मसान्तपछि तीन सयभन्दा बढी समिति खारेजीमा पर्नेछन् । संस्था दर्ता ऐन अनुसार चलाइएका समिति नवीकरण नगर्ने सरकारको निर्णयपछि केही समिति भने कम्पनीमा दर्ता भइसकेका छन् ।