१३ बैशाख २०८१, बिहीबार
Follow Us

गृहमन्त्रीबाट डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७५, शनिबार १२:५५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको हो । भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गर्नुभएको थियो । गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।