११ बैशाख २०८१, मंगलवार
Follow Us

एमालेसँग पार्टी एकताका लागि बिट मारिसकेका छौं: प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७५, शनिबार १५:०९

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग पार्टी एकताका लागि आफूले बिट मारिसकेको बताएका छन् । शनिबार माओवादी केन्द्र कास्कीका कार्यकर्ताहरुलाई गोप्यरुपमा प्रशिक्षण दिँदै उनले भने–‘पार्टी एकताका लागि माओवादी केन्द्र लचिलो भएर प्रस्तुत् भएको छ । तपाइँहरु पनि पार्टी निर्णयप्रति प्रतिबद्ध भएर लाग्नुहोस् ।’

‘पार्टी एकतापछि कोही पदमा रहनुहोला, कोही नरहनुहोला’ भन्दै उनले त्यसलाई पनि समान्यरुपमा लिन निर्देशनसमेत दिए । कार्यकर्तालाई आश्वासन दिँदै उनले भने–‘पार्टी एकता कसरी गर्ने, तपाइँहरुको के स्थान हुने भन्ने कुरा मैले मिलाएको छु ।’अध्यक्ष दाहालले शनिबारै आफ्नो जन्मस्थान ढिकुरपोखरीस्थित ल्याडेमा आफन्तहरुसँग भेटघाटसमेत गरेका छन् ।

उनले आफ्नो जन्मस्थानमा घर बनाउन चाहेकाले घर निर्माणका लागि जग्गासमेत हेरेको बुझिएको छ । दाहाल शनिबार पोखरामा बस्ने भनिए पनि पार्टी एकताका लागि एमालेसँग छलफलका लागि शनिबारै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।