७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती (फोटो फिचर )

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७५, शनिबार २१:३१

लन्डन – बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाइएको छ ।

बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा शनिवार बुद्धजयन्ती विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको पर्यटन प्रवद्र्धन र बुद्ध जन्मस्थलबारे भ्रम चिर्न कार्यक्रम सफल हुने विस्वास ब्यक्त गरे ।

बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुबेदीले बुद्धको जन्म स्थानको बारेमा कुनै शंका नगर्न आग्रह गर्दै संयुक्त राष्ट्र संघले समेत बुद्ध नेपालमा जन्मेको भनि मान्यता दिएको चर्चा गरे ।

लन्डनको विश्वप्रख्यात पर्यटनको अर्कषणको केन्द्र ट्राफल्गर स्क्वायरमा दोस्रो पटक बुद्धजयन्ती मनाइएको हो । यसअघि कपिलवस्तु समाजको सक्रियतामा बेलायती संसद भवनअगाडि बुद्धजयन्ती मनाइएको थियो। कार्यक्रमलाई सफल बनाउन गैरआवासीय नेपाली संघ यूके र टुरिजम बोर्डले समेत सहकार्य गरेका थिए ।

कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्था, कुटनीतिक नियोगका प्रमुख, सांसद, अन्तर्राष्ट्रिय संचारमाध्यम, यहाँस्थित विदेशमन्त्रालयका अधिकारी, काउन्सिलर्स, मेयर लगायतको उपस्थिति थियो ।