८ बैशाख २०८१, शनिबार
Follow Us

क्याट यूकेको १२ औं साधारणसभा

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७३, बुधबार १५:१४

लन्डन । युकेमा रहेका चितवनवासीहरुको साझा संस्था चितवन एड ट्रस्ट (क्याट) यूके १२ औ साधारण सभा हालै लण्डनमा सम्पन्न भएको छ । बेलायतको लागि कार्यबाहक नेपाली राजदुत कार्यबाहक राजदूत शरद आरनको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुनिल खड्काले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने पूर्व अध्यक्ष लोक गुरुङ लगायतले संस्थाको गतिबिधिबारे चर्चा गर्नु भएको थियो। उक्त साधारण सभामा महासचिब यादब श्रेष्ठले संस्थाको प्रगति प्रतिबेदन र कोषाध्यक्ष समिर खनालले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो। यसैगरि टिका पौडेलले संस्थाको बिधान प्रस्तुत गर्नु भएको थियो। सो अवसरमा कृष्ण तिवारीले ढोडनी राप्रावि र कृष्ण गुरुङले दाहाखानी राप्राविमा क्याट युकेको सहयोगमा भएको परियोजनाहरुको बारेमा जानकारी दिनु भएको थियो।

संस्थाका अध्यक्ष बसन्त श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा चितवन घर भई बेलायतबाट बिद्यालय र विश्वबिद्यालयमा विभिन्न शैक्षिक तह उत्तीर्ण गरेकाहरुलाई अभिनन्दन गरिएको थियो भने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

क्याट युकेले नेपालमा गत बर्ष भुकम्पमा पिडितभएका हरुको सहयोगार्थ २३ हजार १ सय २६ पाउण्ड संकलन गरेको थियो। क्याट युके भुकम्प पिडित राहत कोषबाट १४ लाख र अन्य श्रोतबाट ३ लाख संकलन गरि १७ लाख को लागतमा ढोडेनी राप्राबिमा बिद्यालय पुनर्निर्माण गरिएको थियो। यसैगरि संस्थाको राहतकोष बाट १० हजार पाउण्ड र अन्य स्थानीय श्रोत परिचालन गरि २० लाख ४५ हजार रुपैंयाको लागतमा राप्राबि दाहाखानी राप्राबिको बिद्यालय पुनर्निर्माण गरिएको छ। यसै गरि संस्थाले प्रधानमन्त्री राहत कोषमा २ हजार पाउण्ड हस्तान्तरण गरेको थियो भने चितवनको मानब सेवा आश्रमलाई ५० हजार रुपैंया सहयोग गरेको थियो।

संस्थाका महासचिब यादब श्रेष्ठले चितवन भरतपुरमा रहेको आँखा अस्पतालमा आँखा बैंक संचालन गर्न १० लाख रुपैंया सहयोग गर्ने र चितवनको बिकट क्षेत्रमा एम्बुलेन्स खरिद गर्ने योजना अनुरुप कार्यहरु भईरहेको बताउनु भएको छ। बिदेशमा व्यस्तताको वावजुद स्वयंसेवकको रुपमा चितवनको विभिन्न क्षेत्रमा सहयोग गर्ने चितवन एड ट्रस्ट युकेको कार्यहरु निकै प्रशंसिय रहेको छ।