१४ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीमद्भागवत् महापुराणमा झण्डै ५ लाख डलर सहयोग संकलन

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७५, शनिबार २३:१५

नातिबाबु भट्ट।

कोलोराडो, अमेरीका ।
नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको छैटौं दिन सम्म आईपुग्दा झण्डै ५लाख डलर सहयोग संकलन भएको छ ।
नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरु भएको हो ।
नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो ।
यसरी नेपाली भाषा र संस्कृतीको पहिचाहन र संरक्षण गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको सामुदायीक भवनको लागी सहयोग गर्नेहरुमा प्रकास सिटौलाका परिबारबाट २६ हजार ५ सय ५५, कुमार थापाको परिबारबाट १६ हजार १ सय ११, र पदम बिश्वकर्माको परिबारले सहयोग रकम बृद्धीगरि १० हजार डलर पु¥याएका छन् । त्यस्तै अन्य दाताहरुमा हरि बस्नेतको परिवारबाट ५ हजार १ सय ११, प्रवेश उपाध्यको परिबारबाट ५ हजार १, सिष्टरग्रुप कोलोराडो परिवारबाट ५ हजार १ सय ११, सुसिला भण्डारीबाट ५ हजार १ सहयोगको प्रतिबद्धता भएको छ ।
त्यसैगरी १५ सय डलर भन्दा माथी सहयोग गर्ने परिवारहरुमा मणी बस्नेत, दिपक सुनुबार, बिकास त्रीपाठी रहेका छन् । त्यस्तै १ हजार भन्दा माथी सहयोग गर्ने परिवारहरुमा बिजयदेब अधिकारी, रैवत पौडेल, मोहन पौडेल, गणेश भट्टचन, बिनोद त्रीपाठी, अर्जुन कार्की, जितेन मान्धर, कृष्णमुरारी ढुङ्गेल, टिका पौडेल, शंखनारायण श्रेष्ठ, राधा बराल, गोबिन्द चापागाई, भवानी न्यौपाने, शर्मिला गौतम, कृष्ण सुबेदी, चन्द्रमान गुरुङ, रुक पछाई रहेको कोषाध्यक्ष जगदिश ढकालले बताएका छन् ।
मध्यान्तर अगाडीको कार्यक्रम मलिसा थिसेन एजुकेटिप डिरेक्टर अफ्रीकन कम्यूनिटी सेन्टर र गणेश भण्डारी जनसम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्षको प्रमुख आतिथ्यतामा भएको थियो भने दोश्रोसत्रको कार्यक्रम रकि माउन्टेण्ड फे्रण्डस अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी र अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको प्रमुख अतिथ्यतामा सञ्चालन भएको थियो ।
नेपालीहरुको आस्थाको धरोहर सामुदायिक भवन निर्माणको महायज्ञमा सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिम र नेपाली घरका पदाधिकारीहरुले खादा पहिराई दिई सम्मान गरेका थिए । आजका भक्तजनहरुलाई मिनी ईन्डिया रेष्टुरेण्ट परिबारबाट निशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए । कार्यक्रम राधा चक्रवर्तिले सञ्चालन गरेकी थिइन ।