१२ बैशाख २०८१, बुधबार
Follow Us

दुर्घटनामा युवकको मृत्यु

sarusaru
२३ बैशाख २०७५, आईतवार ०५:१६

काठमाडौँ- काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति ११ बजे बा३च १६५४ नंको जीप र बा४०प ५७७५ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा घर भई हाल माछापोखरी बस्ने २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो । मोटरसाइकल पछाडि रहेका अर्जुन बोहोरा भने घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले दुर्घटनाबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो । घाइते बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ
रासस