७ बैशाख २०८१, शुक्रबार
Follow Us

लेस्टरमा तीज कार्यक्रमसँगै नयाँ कार्यसमिति (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७३, बुधबार १५:२८

लन्डन । सिर्जनशील लेस्टर यूकेको आयोजनामा गत सोमबार अध्यक्ष पशुपती पोखरेलको अध्यक्षतामा संस्थाको पाँचौ साधारणसभा तथा हरितालिका तीज कार्यक्रम सम्पन्न भयो । खादा तथा ब्याज बिना गरिएको उक्त कार्यक्रमका बिशिस्ट अतिथीहरु भण्डारी ब्रदर्स तथा नेपाल ब्रिटेन डट कमका डाइरॆक्टर कमल भण्डारी, साझा नेपाली समाजका सस्थापक अध्यक्ष शंकर भण्डारी, साझा नेपाली समाजका अध्यक्ष रणबहादुर केसि तथा साझा नेपाली समाजका उपाध्यक्ष महेश अधिकारि हुनुहुन्थ्यो।
viber image3
साथै अन्य अतिथिहरु नोटिङ्हम नेपाली समाजका पूर्व अध्यक्ष तथा गुल्मी जिल्ला समाजका कोसाध्यक्ष तारा भण्डारी, साझा नेपाली समाजका कोसाध्यक्ष नारायण फुयाल पिटरबोरो नेपाली समाजका पूर्वअध्यक्ष केशब भण्डारी, सिर्जनशील लेस्टर नेपाल यूकेका सस्थापक अध्यक्ष राजु कंडेल, निबर्तमान अध्यक्ष दयानिधि सापकोटा, पिटरबोरो नेपाली समाजका कोसाध्यक्ष बिष्णु थापा, ब्रूक्स्बी फुडका म्यानेजर सोहेल अवन, तथा नेपालबाट पाल्नुभएकी आमा जानकी बिष्ट हुनुहुन्थ्यो ।
viber image

महसचिब प्रेम आलेजको संचालनमा राष्ट्रिय गानका साथमा सुरु गरिएको कार्यक्रममा सदस्य पुन्डरी अर्यालले उपस्थित सम्पूर्ण महानुभाबहरुलाई संस्थाको तर्फबाट स्वागत मन्तब्य दिनुभएको थियो । साथै बिसिस्ट अतिथी तथा अतिथिहरुले चौथौ कार्यसमितीलाई बिशेष धन्यवाद दिदै नयाँ आउने कार्यसमितीलाई शुभकामना दिनु भएको थियो।

उक्त साधारण सभाले अध्यक्ष पशुपती पोखरेलले प्रस्तुत गर्नुभएको सस्थाको प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पारीत गर्दै नयाँ कार्य समिती चयन् गरेको छ। निर्वाचन समिती सन्योजक शंकर भण्डारीले निम्ननुशार पाँचौ कार्यसमिती निर्बिरोध निर्बाचित भएको घोषणा गर्नुभएको थियो।
viber image2

प्रेम आलेको अध्यक्षतमा निर्बाचित भएको पाँचौ कार्यसमिती यसप्रकार रहेको छ:

अध्यक्ष : प्रेम आले, उपाध्यक्ष: छमकला न्यौपाने पोखरेल, महासचिब : बरुण भण्डारी, सचिब : पुन्डरी अर्याल, कोशाध्यक्ष: बलराम चापागाइ , सदस्यहरु : श्याम खत्री, जानकी सापकोटा, रिता गौतम सापकोटा, मीना शर्मा ज्ञवाली, सुधा पाण्डे, हरीभक्त महर्जन, रुपेश सिंह र टेक बहादुर छेत्री (बिपिन)

नबनिर्बाचित अध्यक्ष प्रेम आलेज्युको अध्यक्षता तथा महासचिब बरुण भण्डारीको सन्चालनमा सम्पन्न छोटो औपचारिक कार्यक्रममा सस्थाकी उपाध्यक्ष कला पोखरेलले चौथो कार्यसमिती, निर्वाचन समिती तथा साधारण सभालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। उक्त कार्यक्रममा अध्यक्ष प्रेम आलेले लेस्टरमा हालै आउनुभएका परीवारलाई स्वागत, GCSE तथा अन्य कार्यमा सफल भाई बहिनिहरुलाई बधाइ, पुत्र तथा पुत्री लाभ हुने सदस्यहरुलाई बधाईका साथै नयाँ ब्यवसाय सुरु गर्ने निबर्तमान कोसाध्यक्ष शिवलाल गौतमलाई शुभकामना ब्यक्त गर्नुभएको थियो।

औपचारिक कार्यक्रम को समापनसँगै सुरु भएको तीज कार्यक्रमको सम्योजन मन्जिल पौडेलले गर्नु भएको थियो। सस्था आँफैले बनाएर दर खुवाउने हुँदा सदस्यहरु मधु पौडेल, श्याम खत्री, किशन भुशाल, प्रेम सापकोटा लगायतका साथीहरुले तयार पर्नु भएको स्वदिस्ट खाना तथा मालती पौडेलले तयार पार्नुभएको सेल रोटीको साथमा आँफै तीजका गीत गाउदै र नाच्दै रमाउनु भएका चेलीहरुले माइतीको झल्को मेटिएको बताउनु भएको थियो। स्वर्गीय खेम गुरुङको सम्झनामा निस्चल श्रेष्ठले उहाको गीत गाउँनु भएको थियो।