१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती सांसदहरू नेपाल भ्रमणमा

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७५, आईतवार ०५:३१

बेलायती सांसदहरूको एक प्रतिनिधिमण्डल नेपालको साता लामो भ्रमणमा जाने भएको छ। आगामी मे ६ देखि १२ तारिखसम्म उनीहरूले नेपालको औपचारिक भ्रमण गर्न लागेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्टरी युनियन (बिजीआइपियु) का सदस्य सांसद नाइजेल इभान्सले नेतृत्व गर्ने भ्रमण टोलीमा ७ सदस्य रहनेछन्।

भ्रमण टोलीमा सांसद इभान्सका साथै सांसदहरू डेभिड मोरिस, केरी म्याककर्थी, विरेन्द्र शर्मा, लर्ड बाल्फे अफ डल्विच, लर्ड डोलाकिया र बिजीआइपियुकी प्रोजेक्टर म्यानेजर एमिली डेभिस रहनेछन्।

नेपालमा रहँदा उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, का.मु. प्रधानन्यायाधीश, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, महिला, बालबालिका र समाज कल्याण मन्त्रीलगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

यसैबीच बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बुधबार दिउँसो भ्रमणमा जाने प्रतिनिधि मण्डलका सदस्यसँग भेट गरेका छन्। त्यस अवसरमा राजदूत सुवेदीले बेलायती सांसदको नेपाल भ्रमण तयारीबारे जानकारी गराएका थिए।

राजदूत सुवेदीले ब्रिटिश सांसदको नेपाल भ्रमणले द्धिपक्षीय सहयोग र सम्बन्धलाई थप मजबुत बनाउन उल्लेखनीय भूमिका रहने विश्वास व्यक्त गरेका थिए।