८ बैशाख २०८१, शनिबार
Follow Us

बगैँचामा युवकको शव फेला

sarusaru
२३ बैशाख २०७५, आईतवार ०६:११

काठमाण्डौ। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा आँप बगैँचामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार महोत्तरी गाउँपालिका–१ स्थित आँपको बगैँचामा स्थानीयवासी ३३ वर्षीय सुनिल यादवको शव झुण्डिएको अवस्थामा बरामद भएको हो ।

तर युवक यादव आफैँ झुण्डिएर मरेको वा उनको मृत्यु के कति कारणले भएको बारेमा प्रहरीले आवश्यक अनुसन्धान शुरु गरिसकेको छ
डिसी नेपाल