११ बैशाख २०८१, मंगलवार
Follow Us

डा. अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७५, आईतवार १३:४२

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रियरुपमा कलम चलाउँदै आउनुभएका डा. राजेश अहिराजलाई नेपाल सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा बसेको बैठकमा यसवर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र डा. अहिराजलाई दिइने तथा वरिष्ठ पत्रकार सम्मान बबिता बस्नेत, कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले घोषणा गर्नुभयो ।
राष्ट्रिय एकता, राष्ट्रियता, मधेशवाद र समग्र नेपालको हितलाई केन्द्रविन्दूमा राखी पत्रकारिता गर्दै आउनुभएका डा. अहिराजलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार दिने घोषणा गरेको हो ।