१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल न्युज अस्ट्रेलिया छौंठौं वर्षमा प्रवेश

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७५, आईतवार १४:३७

सिड्नी । अस्ट्रेलियाको सिड्नीवाट प्रकाशित हुंदै आएको मासिक पत्रिका नेपाल न्युज अस्ट्रेलियाले यहाँं पाँंचौ बार्षिकोत्सव सम्पन्न गरेको छ । प्रवासमा समुदायको हितमा गरिने पत्रकारितालाई लामो समयसम्म टिकाउन निकै मुस्कील हुने सन्दर्भमा नेपाल न्युज अस्ट्रेलियाले आफ्नो पाँचौ बर्ष पुरा गर्दै आफनो समाजिक दायित्व अझ थपिएको महसुस गरेको बताएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले प्रवासमा नेपाली समुदायलाई जोड्ने र स्थानिय गतिविधीहरुलाई एक अर्काको पुहुँचमा पुर्याउने काममा नेपाल न्युज अस्ट्रेलियाले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताइन् । उनले सिमित श्रोत र साधनका बावजुद दुतावासको ठुलो जिम्मेबारी रहन हुँंदा यसलाई समाजका सबै तह र तप्कासँग मिलेर अगाडि बढेमा मात्र सफल हुने अनुभव सुनाइन् । राजदुत शेर्पाले सन्चारकर्मीले पत्रकारितालाई जिम्मेबार बनाउन पत्रकार आचारसंहितामा आधारित भई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न सुझाब दिइन् ।

दुतावासलाई सहि सल्लाह र सुझाब दिएर सहयोग गरे नेपाली समाजमा देखिएका बास्तबिक समस्याहरुको पहिचान र समाधानमा सहयोग पुग्ने बताइन् । कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले अस्ट्रेलियामा रहेका सन्चारकर्मीले समाजलाई जोडने र आपसी हितमा कार्य गरेकोमा खुसी प्रकट गर्दै नेपाल न्युजले पाँंच बर्षको यात्रा पुरा गरेको बधाइ ज्ञापन गरे ।

यस्तै कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले प्रवासमा समाजसेवाका रुपमा गरिने पत्रकारिता र नियमित प्रकाशन भैरहेका नेपाल न्युज पत्रिका समुदायका अंगका रुपमा रहेको बताए ।

कार्यक्रममा कानुन ब्यवशायी शम्सेरसिंह थापाले प्रवासमा फस्टाउदै गएको पत्रकारिता भित्र बिकृती र बिसंगती नभित्रिउन भन्दै पत्रिकाको सफलताको कामना गरे । बार्षिकोत्सव समारोहमा एनआरएनका उपाध्यक्ष तथा एनएसडब्लुका कोर्डिनेटर नन्दु गुरुङ, नेपाली समाजका अग्रज इन्द्रा वन , पत्रिकाका पुर्व प्रकाशक प्रदिप ढकाल, एनआरएनका पुर्व अध्यक्ष मन केसीलगायतले पत्रिका ब्यवशायीक यात्रामा सफल होस भनेर शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालवाट आएका रेडियो नेपालका समाचार शाखा निर्देशक खगेन्द्र खत्री र कान्तिपुर टेलिभिजनका वरिष्ठ संचारकर्मी विजयराज अधिकारीलाई पत्रिकाको तर्फवाट सम्मानसमेत गरिएको थियो । रेडियोका पुराना पत्रकार खत्रिले कार्यक्रममा बोल्दै प्रवासमा पत्रकारिता आफैमा चुनौतीपुर्ण रहेको बताए ।

कान्तिपुरका पत्रकार अधिकारीले प्रवासको नेपाली समाज बलियो बन्दै जाँंदा मुलुकको बिकास निमार्णमा पनि महत्वपुर्ण टेवा पुगेको सन्दर्भमा पत्रकारिताका आयामहरु थपीनु सबैका लागि खुसीको कुरा रहेको बताए । यस्तै कार्यक्रममा पत्रिकालाई सहयोग गर्ने सम्पुर्ण संघ संस्थालाई मायाको चिनो समेत प्रदान गरियो ।

कार्यक्रममा पत्रिकाका म्यानेजिङ डाइरेक्टर हेमन्त काफ्लेले प्रवासको पत्रकारिता पूर्ण रुपमा व्यवसायिक बन्न नसकेको बताउदैं पत्रकारिताले समाजका समस्यालाई उजागर गर्नुपर्नेमा जोड दिए । सम्पादक कृष्ण तिवारीले स्वागत मन्तव्य गर्दै नेपाल न्युज अस्ट्रेलियाले नेपाली समाजलाई एकतामा जोड्न सधै तत्पर रहने बताए । भने प्रधान सम्पादक माधव गैरेले पाँच बर्षको यात्रामा सहयोग र सदभाव राख्नेहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।