४ बैशाख २०८१, मंगलवार
Follow Us

पत्रकार भण्डारीलाई मातृ शोक

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७५, आईतवार १९:०९

लन्डन | नेपाल पत्रकार महासंघ युके शाखाका सल्लाहकार केशव भण्डारीकी ममतामयी माता कौशल्यादेवी भण्डारीको ९५ वर्षको उमेरमा हिजो शनिबार नेपालमा निधन भएको छ । स्वर्गीय भण्डारीको ५ छोरा र ३ छोरी छन् ।

भण्डारीको निधनको खबरले नेपाल पत्रकार महासंघ युके शाखा स्तब्ध भएको शाखाद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ ।
शाखाको अध्यक्ष नरेश खपाङ्गीमगरद्वारा जारी बिज्ञप्तिमा यस दुखद घडीमा सल्लाहकार भण्डारीको परिवारमा पर्न गएको शोकप्रति महासंघ समवेदना व्यक्त गर्दछ र यस घडीमा सहनसक्ने क्षमता प्राप्त होस् भनी कामना गर्दछ । स्वर्गीय भण्डारीको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ उल्लेख छ |