७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था बिन्दु मल्ल

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७५, आईतवार १९:१५

सौल । नेपाली जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका युवा नेता गगन थापा लगायतका केन्द्रिय नेताहरूको उपस्थितिमा आइतवार राजधानी सौलमा सम्पन्न पाचौं अधिवेशनमा सभापति पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल निर्वाचित भएकी हुन्।

यसअघि दुई पटक सोही पदमा पराजित उनले यसपटक भने सभापति पदमा बाजी मार्न सफल भएकी हुन्। निवर्तमान सभापति गिरिराज कुवँरको समर्थन मल्ललाई थियो भने पूर्व सभापति नवराज सिवाकोटीको समर्थन क्षेत्रीलाई समर्थन गरेका थिए ।

यस्तो छ मतगणनाको अन्तिम नतिजा

जम्मा खसेको मतस: १५८
सदर मत: १५५
बदर मत: ३

सभापति
भजिन्द्र क्षेत्री ५९
आस्थाविन्दु मल्ल ९६

उपसभापति
जितेन्द्र महता: ९४
लक्ष्मण दाहाल: ८०
सुभाष योगी: ६९
नवराज वाग्ले: ६५
पुर्ण पौडेल: ५४
भिमराज चेम्जोङ: ४५

महामन्त्री
कुमार थापा: ८३
गणेश तिमल्सिना: ७२

सह महामन्त्री
मित्रबन्धु काफ्ले: ८६
राम प्रसाद उप्रेती: ६६
कोषाध्यक्ष
केपी चौलागाई: ८९
रुपा गुरुङ: ६६

सदस्यहरु
पुष्कर राज भट्ट: ८८
रत्न लिङथेप: ९०
योगेन्द्र भट्टराई: ११३
ध्रुब पाण्डे: ७८
सिताराम तिमल्सिना: ९३
पुर्ण बरुवाल : ७४
खेमराज देवकोटा: ८७
सौरभ पौडेल: ७०
मनोज थापा: १११
टिकाराम अधिकारी: ५०
नेत्र खत्री: ७१