१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओली पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७५, मंगलवार ०७:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने भएका छन् । नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागिरहेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार परामर्श गर्न लागेको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नीति तथा कार्यक्रमबारे सुझाव लिन पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीले बैठक राखेको जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७५ र ७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।