८ बैशाख २०८१, शनिबार
Follow Us

दुई दिनका लागि मुक्तिनाथमा वैकल्पिक मार्ग

sarusaru
२५ बैशाख २०७५, मंगलवार १३:३२

मुस्ताङ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति मुस्ताङको आज बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलका अनुसार वैशाख २८ र २९ गते पदयात्रीका लागि छेन्गुर, झोङ, पुटाक हुँदै कागबेनीको बाटो तय गरिएको छ ।

पदयात्रामा जाने पर्यटकका लागि बैकल्पिक पदमार्ग व्यवस्था गरिनु स्वागतयोग्य भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।

“पदयात्राका क्रममा उक्त क्षेत्रमा अहिले पनि धेरै पर्यटक आवजावत गरेका छन्,” उहाँले भन्नुभयो, “पदयात्री पर्यटकको पदयात्रालाई नियमित एवम् सुचारु गराउन यो निर्णयले महत्वपूर्ण सहयोग पुग्नेछ ।”
रासस