१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हिन्दू राष्ट्र पुनस्र्थापनाको प्रस्ताव राप्रपाले ल्याउने

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७३, बिहीबार ०६:११

सिराह । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मधेसवादी दलको माग अनुसार संविधान संशोधनको प्रस्ताव ल्याइए त्यससँगै धर्म निरपेक्षताको अन्त्य र हिन्दू राष्ट्रको पुनस्र्थापना सम्बन्धी प्रस्ताव पनि ल्याउनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले संविधान संसोधनको प्रस्ताव ल्याउँदा धर्म निरेक्षताको अन्त र हिन्दू राष्ट्रको पुनस्र्थापना सम्बन्धी संशोधन प्रस्ताव पनि ल्याउन माग गरेका हुन् । जनताको हितमा ल्याउने संशोधन प्रस्तावप्रति आप्नो समर्थन रहेको जनाउँदै अध्यक्ष थापाले मधेसवादी दलको माग अनुरुप ल्याउने भनिएको संविधान संशोधनको प्रस्ताव भने देखावटी मात्र भएको आरोप लगाए ।
कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले मधेसवादी दलहरुको उपयोग मात्र गरेको बताउदै थापाले भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव ल्याउछु भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले अपरिपक्क र अदुरदर्शिता देखाएको आरोप समेत लगाए । अध्यक्ष थापाले राजतन्त्रप्रति आफ्नो पूर्ण निष्ठा रहे पनि पुनस्र्थापना गर्ने नगर्ने विषय भने नेपाली जनतामा भरपर्ने बताएका थिए ।