१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाँचथर कप उपाधि इलाम एफसी को हातमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७५, मंगलवार २१:४२

लण्डन । पाँचथर समाज सेवा यूकेको सातौं पाँचथर कप फूटबल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिवार मे ५ का दिन फेल्थाम कम्युनिटी खेल मैदानमा जम्मा २१ वटा टिमहरुले भाग लिए । तिमध्ये सुपर भेटरन समुहमा चार, भेटरन समुहमा सात र मुख्य युवा समुहमा जम्मा दश वटा टिमहरु प्रतिस्पर्धी रहे ।

सुपर भेटरन समुहबाट यस बर्ष धरान समाज बिजेता रह्यो भने उपबिजेताको उपाधि इलाम एफसीले हात पार्यो । यस समुहका उत्कृष्ट खेलाडी अर्थात ‘बेस्ट प्लेयर’ इलाम समाजका दुर्गा राई भए भने सर्वाधिक पाँच गोल गर्दै ‘टप स्कोरर’ को उपाधि बिजयी धरान समाजका ओम थापाले हासिल गरे । सुपर भेटरन समुहमा धरान समाज बिजेता बनेको लगातार यो दोश्रो पटक हो । बिजेता र उपबिजेता टिमले ट्रफी सहित क्रमश पाँचसय र तीन सय पाउण्ड नगद प्राप्त गरे ।

त्यस्तै गरी ३८ देखि ४४ बर्षसम्मका खेलाडीहरु सम्मिलित भेटरन समुहको फाइनलमा क्यूएएफसीले इलाम एफसीलाई हराउँदै यस बर्षको बिजेता बने । तर उपबिजेता इलाम एफसीका लेख राई नै भेटरन समुहका बेस्ट प्लेयर बने । उता बिजयी टिमका टेक मान लिम्बुले भने सर्वाधिक चार गोल गरी समुहका टप स्कोरको उपाधि हात पारे । भेटरन समुहका बिजेता क्यूएएफसीले नगद सातसय पाउण्ड र उप बिजेता इलाम एफसीले नगद चार सय पाउण्ड प्राप्त गरे ।

सातौं पाँचथर कपको मुख्य उपाधि यस बर्ष पनि तोङबा एफसीले हात पार्यो । १७ देखि ३७ बर्षसम्मका युवा खेलाडीहरु सम्मिलित युवाहरुको फाइनल खेलमा आफ्नो पुराना प्रतिस्पर्धिहरु एमबिजेडलाई हराउँदै तोङबा एफसी लगातार दोश्रो पटक च्याम्पियन बनेको हो । तर सर्वाधिक पाँच गोल गरी उपबिजेता एमबिजेडका प्रणय गुरुङ नै टप स्कोरर बने । बिजयी टिमका अर्पण गुरुङ भने यस समुहको बेस्ट प्लेयर बने । च्याम्पियन तोङबा एफसीले एक हजार पाउण्ड र उपबिजेता एमबिजेडले पाँच सय पाउण्ड हात पारे ।

प्रत्येक समुहका बिजेता र उपबिजेता टिमलाई प्रमाणपत्र र खेलाडीहरुलाई ट्रफी प्रदान गरियो । बिजेता टिमहरुलाई भने शील्ड पनि प्रदान गरियो । सुपर भेटरन समुहको बिजेता टिमको लागि ट्रफीको प्रायोजन सुहाङ परिवार (हस्त शुहंग , प्रेम सुहंग , लिम्बू टेक-सुहाङ) ले, भेटरनको बिजेताको लागि दिलमाया मेमोरिअल फौन्देशन (राम लिम्बु ), नगेन्द्र नेम्बंग र शान्ति लिम्बु ले संयुक्त रुपमा र मुख्य समुहका बिजेता टिमको लागि ट्रफी प्रायोजन अध्यक्ष चन्द्र सुन्दास ले गरे । मुख्य युवा समुहको बिजेता टिमको शील्ड प्रायोजन भने समाजका कार्यकारी सदस्य चन्द्र लावतीले गरे ।

सुपर भेटरनको उपबिजेताको लागि नगद तीन सय पाउण्डको प्रायोजन पीपल मोर्त्गगेस का प्रवन्ध निर्देशक सूर्य गुरुङले र ट्रफीको प्रायोजन हंग्पल माखिम , बोम लिम्बु लिबंग र हरि बहादुर लोती ले संयुक्त रुपमा गरे । उक्त समुहको बिजेताको शील्ड प्रायोजक लावती परिवार (कुमारी लावती अन्ग्बो ) ले धरान समाजलाई शील्ड प्रदान गर्यो ।

समाजका पूर्व सचिब खगेन लावती , बरिस्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्बाङ र कार्यक्रम उपसंयोजक भगिरथ जबेगु तीन जनाले दिनभर संयुक्त रुपमा खेलको उदघोषण गरे ।

प्रतियोगितामा प्रमुख अतिथि नेपाली दुतावासको द्वितीय सचिब लावा सुबेदी लगायत अन्य अतिथिहरुमा कियाचु यूके अध्यक्ष मेंनिमंग मेंयाँग्बो दिल्सिंग , कियाचू सल्लाहकार नर कुमारी लिम्बु, याक्थुंग मंगेना चुम्लुंग बेलायत अध्यक्ष कमला लिम्बु, नेपाली जनसम्पर्क समिति एनपीसीसीयूकेसभापति युवा राज गुरुङ र उपसभापति तर्कजंग गुरुङ, ताप्लेजुङ समाज यूके अध्यक्ष अमृता पलुन्वा , संखुवासभा समाज यूकेका प्रतिनिधि बिमला लिम्बु, पाँचथर समाज यूकेका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु र अन्य सदस्यहरुको उपस्थितिको उपस्थिति रह्यो । अतिथिहरुको सत्कारमा समाजकी उपाध्यक्ष शान्ति लिम्बु र महिला बिभाग संयोजक नन्द कुमारी सुन्दास तैनाथ थिए ।

सबै समुहको खेलको समापनपछि पुरस्कार बितरण समारोहको आयोजना गरियो । समाजका महासचिब Khusi Limbu ले सञ्चालन गरेको समारोह कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास लण्डनका द्वितीय सचिब Lawa Subedi थिए । प्रमुख अतिथि सुवेदीले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न गरेकोमा पाँचथर समाज सेवा यूकेलाई र बिजयी खेलाडीहरुलाई बधाई दिए । उनले पाँचथर समाज सेवा यूकेले गर्ने यस्ता सृजनात्मक कृयाकलापहरुमा नेपाली दुतावासको सधैं सहयोग र सद्भाव रहने प्रतिवद्दता जनाए । त्यस्तैगरी पाँचथर कप प्रतियोगिताका प्रमुख संयोजक Tekindra Mabo ले सहभागी टिमहरु, खेलाडीहरु, रेफ्रीहरु र खेललाई सफल पार्न सहयोग गर्ने सबै ब्यक्ति र संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

पुरस्कार बितरण समारोह कार्यक्रमको समापन गर्ने क्रममा समाजका अध्यक्ष चन्द्र सुन्दासले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे । उनले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न गर्ने सबै ब्यक्ति, संघसंस्था, टिम, खेलाडी, प्रायोजक र पाँचथर समाज यूकेको सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे । अध्यक्ष सुन्दासले भबिष्यमा पनि सबैबाट सोही स्तरको सहयोगको आशा ब्यक्त गरे।