१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायती सांसदले गरे श्री चंदेर्श्वोर महादेव मन्दिर पूजापाठ

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७५, मंगलवार २१:४६

काठमाडौँ – नेपाल भ्रमणमा आएका ब्रिटिश सांसद बिरेन्द्र शर्माले काठमाडौँको धुम्बाराहीस्थित धुम्रब्राहा मन्दिर र श्री चंदेर्श्वोर महादेव मन्दिरको आज बिहान अवलोकन गरेका छन् ।

उक्त अवसरमा शर्माले मन्दिरका पुजारीको पाठसंगै एकचित्त भएर भगवानको पूजा आराधना गरेका थिए । धुम्बाराहीस्थित श्री चंदेर्श्वोर महादेव मन्दिरको निर्माण भने बिगत लामो समय देखि लण्डन बसोवास गर्दै आएका समाज सेवी तथा सफल उद्योगपति रबि जंग लामिछानेले व्याग्तिगत लगानीमा गरेका थिए । उक्त मन्दिरको निर्माणमा करिब १ करोड ५० लाखको हाराहारीमा खर्च भएको जानकारी लामिछानेका सहयोगी रमेश बाबु श्रेष्ठले गराएका छन् । लामिछानेले एस्ता थुप्रै सामाजिक कार्यहरुमा सहयोगी हात बढाउदै आएको जानकारी समेत श्रेष्ठले गराएका छन् । विशेष कारण वस लामिछाने भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन् । कार्यक्रममा लामिछानेकी आमाले उपस्थित अथितिहरुलाई खादा तथा मायाको चिनोले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बेलायती सांसद बिरेन्द्र शर्माको साथमा वोमेंन एसोसियसन अफ युकेकी अध्यक्ष आरती श्रेष्ठ र बेलायतमा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल अध्यागमन कानुनवीद सोलिसिटर राजु थापाले पनि मन्दिरमा पूजा आराधना गरेका थिए । कार्यक्रममा बोल्दै सांसद शर्माले आफूपनि हिन्दु भएको र यसरि मन्दिरमा आउंदा मनलाई शान्ति मिल्ने धारणा व्यक्त गर्दै बेलायत र नेपाल बीचको २०० वर्ष पुरानो सम्बन्धलाई आफूहरुको यो भ्रमणले अझै प्रगाढ र सामिप्यता बढाउने विश्वास समेत व्यक्त गरेका थिए।

मन्दिर परिसरमा हिन्दुहरुको विभिन्न शुभ कार्यहरुको लागि न्युन शुल्क लिएर स्थान उपलब्ध गराइने जानकारी मन्दिर संचालक समितिका अदक्ष्य भुमेंद्र कुमार पौडेलले बताए ।